• ताजा समाचार, देश, रोजगार

    चाडबाडले रोक्न सकेन वैदेशिक रोजगारको यात्राः भदौमा ५७ हजारभन्दा बढी विदेशिए

     153 Views
    चाडबाडले रोक्न सकेन वैदेशिक रोजगारको यात्राः भदौमा ५७ हजारभन्दा बढी विदेशिए

    काठमाडौं, १० असोज । नेपालीहरुको प्रमूख ठूला चाड नजिकै आइसकेको छ । चाडबाड नजिकिदा समेत रोजगारीको खोजीमा विदेश जानेको सङ्ख्यामा भने कमी आएको छैन ।

    वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को भदौमा मात्रै ५७ हजार ४ सय ९३ जनाले वैदेशीक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश गएका छन्, जुन गत आवको भदौको तुलनामा १७ दशमलव ०८ प्रतिशतले बढी हो । गत आवको दोस्रो महिनामा वैदेशिक रोजगारीका लागि ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएका थिए ।

    विभागका अनुसार साउन र भदौमा गरि कुल १ लाख १७ हजार ८६ जना रोजगारीको खोजीमा विदेश गइसकेका छन्, जसमध्ये १ लाख २ हजार २०० पुरुष र १४ हजार ८८६ महिला रहेका छन् ।

    यस वर्षको गत साउनमा ५९ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए ।

    चालू आवको भदौमा विदेशिनेमध्ये ५० हजार ७७० पुरुष रहेका छन्, जुन गत आवको भदौको तुलनामा १४ दशमलव ८७ प्रतिशतले बढी हो । गत आवको भदौमा मात्र ४४ हजार १९७ ले श्रम स्वीकृति लिएका थिए ।

    यस्तै चालू आवको भदौमा ६ हजार ७२३ महिलाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् गत आवको सोही महिनामा ६ हजार ६८७ महिला श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

    साढे ३९ हजारले लिए नयाँ श्रम स्वीकृति

    विभागका अनुसार चालू आवको भदौमा नयाँ श्रम स्वीकृति लिएर ३९ हजार ५५७ जना वैदेशिक रोजगारीमा गएका छन्, जसमध्ये पुरुष र महिला क्रमशः ३४ हजार ५१८ र ५ हजार ३९ जना छन् ।

    यस्तै संस्थागततर्फ बाट २६ हजार ३४६ पुरुष र ३ हजार १८२ जना महिलाले श्रम स्वीकृति लिएका छन् । भदौमा व्यक्तिगततर्फ बाट पुरुष र महिला क्रमशः ७ हजार २८० र १ हजार ७४६ महिलाले श्रम स्वीकृति लिएका छन् भने व्यक्तिगततर्फ बाट पुनः श्रम स्वीकृति लिएर १७ हजार ९३६ जना वैैदेशिक रोजगारीमा गएका छन् । साथै जी.टु.जीमार्फत १ हजार ३ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएका छन् ।

    सबैभन्दा धेरै युएईको लागि श्रम स्वीकृति

    भदौमा रोजगारीका लािग सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई)का लागि श्रम स्वीकृति लिएका छन् । सो महिनामा १८ हजार ६०५जनाले युएईका लागि श्रम स्वीकृति लिएका छन् ।

    दोस्रो स्थानमा भने कतार जान श्रम स्वीकृति लिने नेपालीको संख्या धरै छ । भदौमा रोजगारीका लािग कतार जान ११ हजार दुई सय ९१ ले श्रम स्वीकृति लिएका छन् ।

    यस्तै साउदी अरबको लागि १० हजार ८३५, कुवेतको लागि ४ हजार २१५, रोमानियाको लागि १ हजार ८८८, जापानको लागि १ हजार ४५६, मलेसियाको लागि १ हजार १९३ र कोरियामको लािग १ हजार १०६ जना नेपाली नेपाली श्रम स्वीकृति लिएर विदेश गएका छन् । भदौमा यी मुलुकसहित ९५ मुलुकमा नेपाली कामदारलाई रोजगारीका लागि जान श्रम स्वीकृति दिइएको विभागले जनाएको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment