साताको पाँचौ दिन लगातार सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ६१ हजार नजिक

अनलाइनसमय |
१० असोज २०८१
साताको पाँचौ दिन लगातार सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ६१ हजार नजिक

काठमाडौं, १० असोज । यस साताको पाँचौ दिन पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर १ लाख ६० हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको थियो, जुन बिहीबार नै तोडिएको छ । सुनको मूल्यले दैनिक रेकर्ड राख्दै आएको छ । यस साताको सुरुवातदेख नै रेकर्ड बनाउँदै आइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस