काठमाडौं, ९ असोज । सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । प्रतिबन्धित प्रयोगकर्ताहरूले ब्लक हुनबाट जोगिन वैकल्पिक खाताहरू सिर्जना गर्ने, अनावश्यक अन्तरक्रिया गर्न जस्ता समस्यालाई घटाउनका लागि सो परिवर्तन गर्न लागिएको कम्पनीले जनाएको छ ।
उक्त घोषणासँगै अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिरररया गर्न भने सक्षम हुने छैनन् । उनीहरूसँग सार्वजनिक रूपमा प्रकाशित गरिएका पोस्टहरूमा भने पहुँच हुनेछ ।
यस परिवर्तनको उद्देश्य अवरुद्ध प्रयोगकर्ताहरूलाई उनीहरूले पहिले देख्न नसक्ने कुनै पनि हानिकारक सामग्री पहिचान गर्न र रिपोर्ट गर्ने क्षमता दिनु हो । यो परिवर्तनले प्रयोगकर्ताहरू बिच व्यापक बहस उत्पन्न गर्ने कम्पनीको अपेक्षा छ । एजेन्सीको सहयोगमा