• विश्व

    श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ

     117 Views
    श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ

    काठमाडौं, ७ असोज । श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएको आयोगले जनाएको छ ।

    विपक्षी दलका नेता सजिथ प्रेमदासाले ३२ दशमलव ७६ प्रतिशत मत ल्याएर दोस्रो स्थानमा छन् । सन् २०२२ को आर्थिक सङ्कटको चरम अवस्थामा पदभार सम्हालेका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागू गरेका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशत मत ल्याएर तेस्रो तेस्रो स्थानमा छन् ।

    यसैगरी, श्रीलङ्काको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायका निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान राजीनामा दिएका छन् । आफ्नो राजीनामा पत्रमा गुणवर्धनाले श्रीलङ्काको नवौं कार्यकारी राष्ट्रपतिको रूपमा दिसानायके निर्वाचित भएसँगै देशको संविधानअनुसार नयाँ मन्त्रीमण्डल गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिन लागेको उल्लेख गरेको छन् ।

    यसमा तपाइको मत

    Facebook Comment