श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे काठमाडौंमा

अनलाइनसमय |
७ असोज २०८१
श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे काठमाडौंमा

काठमाडौं, ७ असोज । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं अवतरण गरेका छन् ।

उनी श्रीलंकन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतले जानकारी दिएको छ ।

उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएको बताइएको छ । उनले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ । भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको छ ।

राजापाक्षे २ वर्षअघि श्रीलंकाका राष्ट्रपति रहेका थिए । तर उनी श्रीलंकामा भएको विशाल आन्दोलनपछि दुई वर्षअघि  देश छाडेर भाग्नु परेको थियो । पछि उनी पुनः श्रीलंका फर्केका थिए ।

उक्त आन्दोलनपछि श्रीलंकामा गत शनिबार पहिलो पटक राष्ट्रपतिको निर्वाचन भएको थियो । सो निर्वाचनबाट बामपन्थी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपति निर्वाचित भएका छन ्। उनले आजे पद तथा गोपनियताको शपथ लिएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस