सुनको मूल्यमा फेरि नयाँ किर्तिमान, तोलाको १ लाख ६० हजार नजिक

अनलाइनसमय |
७ असोज २०८१
सुनको मूल्यमा फेरि नयाँ किर्तिमान, तोलाको १ लाख ६० हजार नजिक

काठमाडौं, ७ असोज । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर छ । आइतबार मात्रै प्रतितोला १७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्यले सोमबारका दिन फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य आइतबारको तुलनामा ४ सयले बढेको हो । आइतबार सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँले कारोबार भएको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो, जुन सोमबार नै तोडिएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस