काठमाडौं, ६ असोज । सरकार गठन भएको झण्डै दुई महिनापछि बागमती प्रदेश सरकारले न्यूतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सभा भवनमा मुख्यमन्त्री बहादुर सिं लामा, सतारूढ दल नेकपा एमाले संसदलीय दलक नेता तथा पूर्वमन्त्री जगन्नाथ थपलियाको हस्ताक्षरमा न्यूतम साझा कार्यक्रम सार्वजनिक भएको हो । कार्यक्रममा विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) पनि सहभागी भएको छ ।
उक्त कार्यक्रममा विपक्षी दल राप्रपाको संसदीय दलका नेता उद्दव थापाको उपस्थिति थियो । ६७ बुँदे न्यूतम साझा कार्यक्रममा संविधान संशोधनका लागि संघीय सरकारलाई सहयोग गर्ने, योजना बैंक स्थापना गर्ने, सार्वजनिक विद्यालय गाभ्ने कार्यक्रमलाई प्रभावकारी बनाइने, ३ वर्ष मुनीका बालबालिका र ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निस्शुल्क स्वास्थ्य उपचार गर्ने नीति लिइनेलगायतका विषय समेटिएका छन् ।
बागमतीमायोजना बैंक यसअघि नै स्थापना भइसकेको छ । मुख्यमन्त्री बहादुर सिं लामाले आगामी बजेटका लागियोजना बैंकलाई सक्रिय बनाउनेयोजनाअनुसार कार्यक्रममा राखिएको बताए । यो न्यूतम साझा कार्यक्रमले जनताको आकांक्षाअनुसार तदारूकताका साथ काम गर्न ल्याइएको लामाले बताए । सरकारको कामकारकाही प्रभावकारी ढंगले अगाडि बढाइने उनको भनाइ छ ।
राप्रपा नेता उद्दव थापाले संसदीय अभ्यासअनुसार नै न्यूतम साझा कार्यक्रममा उपस्थित भएको बताए । उनले आफूलाई खबर भएर नै कार्यक्रममा सहभागी हुन आएको थापाले बताए ।
बागमती सरकारले न्यूतम साझा कार्यक्रम ढिला ल्याएको भन्दै दिनरात काम गरेर जनताका चाहना पूरा गर्न सरकारसँग आग्रह गरे ।