अर्थमन्त्री पौडेल र आएएमएफकी उपनिर्देशक गुप्ताविच शिष्टाचार भेट

अनलाइनसमय |
६ असोज २०८१
अर्थमन्त्री पौडेल र आएएमएफकी उपनिर्देशक गुप्ताविच शिष्टाचार भेट

काठमाडौं, ६ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबिच शिष्टाचार भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा आइतबार भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदैगएको आफूले पाएको बताए । उनले नेपालमा लागानी सहजीकरणसम्बन्धी कानुनहरु परिमार्जन हुँदैगएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्रसम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस