दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गते देखि खुला, सरकार र व्यवसायीबीच ७ बुँदे सहमति

अनलाइनसमय |
६ असोज २०८१
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गते देखि खुला, सरकार र व्यवसायीबीच ७ बुँदे सहमति

काठमाडौं, ६ असोज । दशैंतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे सहमति गरेको छ । बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापनाअगावै मर्मतसम्भार गरी यातायात सुचारु गर्न निर्देशन दिइएको छ ।

यस्तै बीपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारीमात्र चलाउन एवम् रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गर्न गृहमन्त्रालयमा अनुरोध गरिएको छ ।

व्यवसायीले लामो समयदेखि उठाउँदै आएको भाडादर समायोजनको माग छठपछिको हप्तामा कार्यान्वयन गर्ने गरी व्यवस्था मिलाउन विभागलाई निर्देशन दिइएको छ ।

यस्तो छ व्यवसायी र मन्त्रालयबीच भएको सहमति :

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस