न्यूयोर्कमा प्रधानमन्त्री ओली–मोदीबीच भेटवार्ता तय

अनलाइनसमय |
६ असोज २०८१
न्यूयोर्कमा प्रधानमन्त्री ओली–मोदीबीच भेटवार्ता तय

काठमाडौं, ६ असोज । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता तय भएको छ ।

स्थानीय समय अनुसार सोमबार बिहान सवा तीन बजे ओली–मोदी भेट तय भएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

भारतीय प्रधानमन्त्री मोदी बस्ने होटेल लोटे न्युयोर्क प्यालेसमा दुई प्रधानमन्त्रीबिच भेटवार्ता गर्ने तय भएको छ । यो भेट तय गर्नका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवासहित परराष्ट्र मन्त्रालयका अधिकारी र संयुक्त राष्ट्र संघका नेपाल प्रतिनिधिसमेत सक्रिय थिए ।

ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग पहिलोपटक भेट हुन लागेको हो । उक्त भेटलाई चासोका साथ हेरिएको छ । ओलीले यसअघि नै मोदीलाई नेपाल भ्रमणको निम्ता दिइसकेका छन् । दुई देशबिचका सबै विषयमा छलफल गर्ने नेपालको तयारी छ ।

यस्तै प्रधानमन्त्री ओलीले अन्य देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि साइडलाइन भेटवार्ता गर्ने तय भएको छ ।

यसअघि भदौ तेस्रो साता बिम्स्टेक शिखर सम्मेलनको क्रममा ओलीले मोदीसँग भेट्ने तयारी गरे पनि थाइल्याण्डको राजनीतिक उतारचढावका कारण सम्मेलन स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस