काठमाडौं, ६ असोज । आशा लघुवित्त वित्तीय संस्थाले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले शेयरधनीका लागि १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति गरी आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।