अधिक तरलता बढेसँगै आज पनि बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

अनलाइनसमय |
२ असोज २०८१
अधिक तरलता बढेसँगै आज पनि बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले बुधबार पनि बैंक तथा वित्तीय संस्थाहरूबाट २५ अर्ब रुपैयाँ तरलता खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले उक्त रकम निक्षेप संकलन उपकरणमार्फत खिच्न लागेको हो ।

केन्द्रीय बैंकले आज २१ दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज अपरान्ह ३ बजे बोलकबोल गर्ने बताएको छ ।

उक्त अवधिको निक्षेप संकलन उपकरणको आगामी असोज २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने सूचनामा उल्लेख छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्नुपर्नेछ ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले उक्त रकमलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । केन्द्रीय बैंकले यस अगाडि भदौ ३१ गते ५० अर्ब रुपैयाँ खिचेको थियो । बैंकले भदौ महिनामा लगातार सात पटक तरलता खिचेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस