निरन्तर नयाँ रेकर्ड बनाउँदै बढेको सुनको मूल्य घट्यो

अनलाइनसमय |
१ असोज २०८१
निरन्तर नयाँ रेकर्ड बनाउँदै बढेको सुनको मूल्य घट्यो

काठमाडौं, १ असोज । विगत तीन दिनदेखि निरन्तर बढेर कीर्तिमानी उचाई कायम गर्दै आएको सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला१ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको तुलनामा तोलामा ६०० रुपैयाँ घटेको हो ।

सोमबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्यले नयाँ रेकर्ड बनाएो थियो ।

त्यस्तै यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस