कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते फेरी विस्वासको मत लिँदै

अनलाइनसमय |
३१ भदौ २०८१
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते फेरी विस्वासको मत लिँदै

काठमाडौं, ३१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २ गते पुनः विश्वासको मत लिने भएका छन् । तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

माओवादी केन्द्रको समर्थनमा संविधानको धारा १६८ को ५ अनुसार २७ बैशाखमा मुख्यमन्त्री बनेका कार्कीले पहिलो पटक बैशाख ३१ गते विश्वासको मत लिएका थिए । गत असार १७ मा केन्द्रमा एमाले–कांग्रेस गठबन्धन बनेपछि ११ साउनमा सरकार छाडेको माओवादीले १४ भदौमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएका कारण उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा कार्कीको पक्षमा दुई तिहाइ बहुमत छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीको दलसँग ४० सांसद छन् भने सत्ता घटक कांग्रेसका २९ सांसद छन् । प्रदेशमा बहुमतका लागि ४७ जना आवश्यक पर्छ। अहिलेसम्म विपक्षमा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस