५७ अङ्कले घटेको नेप्से २५८० को विन्दुमा, कारोबार रकम पनि खुम्चियो

अनलाइनसमय |
३१ भदौ २०८१
५७ अङ्कले घटेको नेप्से २५८० को विन्दुमा, कारोबार रकम पनि खुम्चियो

काठमाडौं, ३१ भदौ । यस साताको कारोबारको दोस्रो दिन शेयर बजार २५ सय विन्दुबाट ओर्लिएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५७ दशमलव ०३ अङ्क अर्थात् २.१६ प्रतिशतले घटेर २५ सय ८० दशमलव ७६ को विन्दुमा बन्द भएको हो । यसको अघिल्लो दिन ५०.७३ अङ्कले घटेको परिसूचक २६ सय ३७ को विन्दुमा कायम भएको थियो ।

यस दिन नेप्से घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर ९२ हजार ८१५ पटक किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख मूल्य बराबरको कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड ९२ लाख मूल्य बराबरको कारोबार भएको थियो ।

आज ३१२ धितोपत्र कारोबारमा आए, जसमध्ये २२७ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै १४ धितोपत्रको मूल्य घटेको छ भने ३ वटा धितोपत्रको मूल्य स्थिर छ ।

सोमबार कारोबार भएका सबै समूहको उपसूचक घटेको छ । आज फाइनान्स समूहको ५.६६ , विकास बैंक समूहको २.७२, लगानी समूहको २.५३, होटल तथा टुरिजम समूहको २.४८, लघुवित्त समूहको २.४३ र हाइड्रोपार समूहको उपसूचक २.२८ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार समूहको २.७६, जीवन बिमाको १.९१, बैंकिङ समूहको १.५९, उत्पादन समूहको १.७१, र निर्जीवन बिमा समूहको शेयर मूल्य १.९१ म्युचुअल फन्डको १.१७ र अन्य समूहको उपसूचक २.३३ प्रतिशतले घटेको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन हाइड्रोपावरको ९.९९, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९२, रवा इनर्जी डिभलपमेन्टको ५.३७ र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ५.३२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यस दिन गुड वील फाइनान्सको ९.९१, थ्री स्टार हाइड्रोपावरको ९.३६, नेपाल फाइनान्सको ८.४२, सृजनशील लघुवित्त वित्तीय संस्थाको ८.२८ र मितेरी डिभलपमेन्ट बैंकको ७ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा सिइडिबी हाइड्रोपावर, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स र हिमालयन रि –इन्स्योरेन्स क्रमशः अगाडि छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस