काठमाडौं, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेको छन् । राष्ट्रपति पौडेलले आज (सोमबार) राति १२ बजेबाट लागु हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रिपरिषद्को भदौ ३० गतेको सिफारिसअनुसार संसद्का दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेबाट लागू हुनेगरी अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।