काठमाडौं, ३१ भदौ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा निर्वाचित सभापतिले पद तथा गोपनियताको शपथ लिएका छन् ।
सोमबार सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा र विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसाकुमारी दाहाललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
सभापति चयनका लागि सोमबार निर्वाचन भएको सङ्घीय संसद सचिवालयले जनाएको छ । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुन् ।
यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र तुलसा उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरे ।
सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने माया प्रसादको एकल उम्मेदवारी परेको थियो ।