अपि पावर कम्पनीको ९.४७३७ % लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

अनलाइनसमय |
३१ भदौ २०८१
अपि पावर कम्पनीको ९.४७३७ % लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

काठमाडौं, ३१ भदौ । अपि पावर कम्पनी लिमीटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांशको प्रस्ताव गरेको हो ।

कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशसमेत गरी कुल ९.४७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा आगामी कात्तिक १ गते बिहीबारका दिन काठमाण्डौको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बस्नेछ । सो सभा बिहान ११ बजे देखि शुरु हुनेछ ।

साथै साधारणसभामा कम्पनीको सहायक कम्पनी अपी इन्फ्रा लिमीटेड कम्पनीमा १०० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने लगायतका अजेण्डा पनि पेश हुने सूचनामा उल्लेख छ ।

कम्पनीको बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमीटेडमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना(९.७ मे.वा.) निर्माण गर्ने, दार्चुला पावर कम्पनी लिमीटेडमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना(२८.३ मे.वा.) निर्माण गर्ने, अपिकै बहुमत शेयर स्वामित्व रहने गरी सूर्यकुण्ड हाइड्रो इलेक्टिक लिमीटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना(११ मे.वा.)को निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव समेत छलफल गरी पारित गर्ने अजेण्डाहरु राखिएका छन् ।

यसपटकको साधारणसभाले शेयरधनीहरुबाट १ जना महिला तथा एक स्वतन्त्र समेत गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आगामी असोज १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस