• अर्थ, ताजा समाचार

    घरायसी विद्युतीय उपकरण बिग्रियो ? मर्मत गर्ने कि फेर्ने ?

     530 Views
    घरायसी विद्युतीय उपकरण बिग्रियो ? मर्मत गर्ने कि फेर्ने ?

    अस्मिता सापकोटा
    काठमाडौं, ३० भदौ । नेपालका सहर, बजार क्षेत्रतिर फ्रिज तथा वाशिङ मेशिन जस्ता उपकरणको प्रयोग बढ्दो छ । तुलनात्मक रूपमा यस्ता सामग्री महँगो हुने भए तापनि दैनिक जीवनमा पार्ने सहजताको कारण यसको माग बढिरहेको छ । पैसा धेरै नै खर्च हुने भएकाले यस्ता सामान एक पटक किनेपछि पुनः किनिरहन पनि त्यति सम्भव हँुदैन । यसको विकल्पमा पुरानै उपकरणलाई मर्मत गर्न सकिन्छ ।

    १. मर्मत

    कुनै पनि उपकरण बिग्रिएपछि त्यसको स्थानमा नयाँ किन्नुभन्दा पुरानैलाई मर्मत गर्नु बचतको हिसाबले राम्रो कुरा हो । नचाहिँदो पैसा खर्च गरेर नयाँ उपकरण किन्नुभन्दा पुरानै बनाउँदा पैसा जोगिनुका साथै वातावरणलाई पनि हानि पुग्दैन । पुराना सामान प्रायः फ्याकिँने हँुदा यसले वातावरणलाई नकारात्मक असर पु¥याइरहेको हुन्छ । पुराना सामान मर्मत सम्भार गरेर चलाउँदा अप्रत्यक्ष्य रुपमा वातावारणको पनि संरक्षण गर्न सकिन्छ ।

    अझ प्रायः वाशिङ मेसिन, फ्रिज जस्ता ठूला उपकरणको त २ वर्षसम्म वा सोेभन्दा बढीको पनि ग्यारेन्टी हुन्छ । यस्तोमा त झन् सो अवधिभन्दा सामानअघि नै बिग्रिए किनिएकै ठाउँमा मर्मत, सम्भार गर्दिन्छ । यसरी मर्मत गर्दा पैसा खर्च हुँदैन र त्यो पैसा अरू नै काममा लगाउन सकिन्छ ।

    २. सेकेन्ड ह्यान्ड सामान खरिद

    आर्थिक अवस्था सामान्य भएका मानिसको लागि यो एकदमै उत्तम उपाय हो । सेकेन्डह्यान्ड उपकरण किन्दा लागत कम पर्न जान्छ र पैसाको बचत हुन्छ । यस्ता सामान एक पटक प्रयोग भइसकेको हँुदा कत्तिको टिकाउ हुन्छ भन्ने यकिन गर्न कठिन नै हुने भए तापनि भरपर्दो विक्रेता मार्फत किन्यो भने त्यति जोखिम पनि नहुन सक्छ । नेपालमा अहिले धेरै नै यस्ता सामान बेच्ने पसल तथा अनलाइन साइटहरु खुलेका छन् । त्यहाँबाट आफूलाई पायक पर्ने मूल्यमा आवश्यक सामान किन्न सकिन्छ । कतिपयमा त सामान कति समय प्रयोग भयो र असली मूल्य कतिको थियो भन्ने जानकारी पनि दिएको हुन्छ । यस्ता सामान विक्री गर्नेमध्ये ‘हाम्रोबजार’ एउटा चलेको नेपाली अनलाइन साइट हो ।

    ३. लगानी निर्धारण

    कुन र कस्तो उपकरणमा कति लगानी गर्ने भन्ने पहिल्यै निर्धारण गर्नु उपयुक्त मानिन्छ । बजारमा अहिले जुनसुकै सामान पनि एकदमै सस्ता देखि एकदमै महँगासम्मका पाइन्छन् । सामानको मूल्य अनुसार यसको गुणस्तरमा पनि फरक पर्ने भएकाले आफूलाई कस्तो सामान चाहिएको हो त्यसै अनुसार लगानी गर्नु उचित हुन्छ । सामानको क्षमताले पनि मूल्य निर्धारण गर्छ । त्यसैले सामान किन्नुअघि आफूलाई कति ठूलो वा सानो सामान उपयुक्त हुन्छ भन्ने पनि विचार पु¥याउनुपर्छ । साथै सामान किनिसकेपछि यसलाई मर्मत गर्न कत्तिको सहज या असहज के हुन्छ पनि पहिल्यै जानकारी लिनुपर्छ । साथै सकेसम्म पछि बिग्रिएमा सजिलै मर्मत गर्न ठाउँ भेटिने र मर्मत हुने खालका उपकरण किन्नुपर्छ । कतिपय उपकरणहरुको मर्मत गर्ने ठाउँ पाइँदैन भने कतिपयको पाटपुर्जा छुट्टाछुट्टै किन्न पाइँदैन । यस्तोमा किनेको उपकरण एकपटक बिग्रिएपछि बनाउन सकिने सम्भावना न्यून हुन्छ ।

    ४. टिकाउ सामान छनोट

    बजारमा भएका अनगिन्ति उपकरणबाट टिकाउ र बजेटले धान्ने सामान छान्नु सक्नु एकप्रकारको चुनौती नै हो । हरेक बिक्रेताले कुनै पनि सामानबारे सही जानकारी कमै दिन्छ । विज्ञापनमा पनि सबै सामानबारे राम्रै प्रचार भइरहेको हुन्छ । यस्तोमा टिकाउ सामान छान्न गाह्रो नै हुन्छ । उपकरण छान्दा मुख्यतया त्यो कुन सामग्रीले बनेको छ र त्यसमा कति वर्ष वा महिनाको ग्यारेन्टी छ भन्ने कुरामा मुख्य ध्यान दियो भने टिकाउ सामान पर्ने सम्भावना बढ्छ । साथै धेरै सस्तो सामान पनि कम टिकाउ हुने सम्भावना हुन्छ । यसो भन्दैमा महँगो सामान चाहिँ सबै टिकाउ हुन्छन् भन्ने हँुदैन ।

    (एजेन्सीको सहयोगमा)

    यसमा तपाइको मत

    Facebook Comment