काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु

अनलाइनसमय |
३० भदौ २०८१
काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु

काठमाडौं, ३० भदौ । काठमाडौं उपत्यकामा आजबाट इन्द्रजात्रा सुरु भएको छ । बसन्तपुरस्थित हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको हो ।

यस जात्रामा गणेश, भैरव र कुमारीको रथयात्रा, विभिन्न देवीदेवताको पूजा र नाचगान गरी आठ दिनसम्म मनाइन्छ ।
इन्द्रलाई वर्षा र सहकालका देवताको रुपमा पूजा गरिन्छ । इन्द्र जात्रा काठमाडौं ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायत जिल्लामा विशेष उल्लासका साथ मनाइन्छ ।

इन्द्रजात्राको मुख्य दिन असोज १ गते पर्दछ । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

लिंगो ठड्याउने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालाबाट सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस