काठमाडौं, २८ भदौ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ ।
बिहीबारको तुलनामा आज सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढेको हो । सो दिन सुन प्रतितोला १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत बुधबार सुनको मूल्यले रेकर्ड बनाएको थियो । उक्त दिन छापावाल सुनको मूल्य एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोलामा ६५ रुपैयाले बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसको अघिल्लो दिन चाँदी प्रतितोला १७६५ रुपैयाँ कायम भएको थियो ।