रास्वपाको राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने

अनलाइनसमय |
२८ भदौ २०८१
रास्वपाको राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने

काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने भएका छन् । राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले करिब १५ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए । रास्वपाले पहिलो राष्ट्रिय भेला आगामी असोज १ र २ गते काठमाडौंमा गर्दै छ ।

बुर्लाकोटीलेले भने ‘राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि आउने तयारी छ । प्रतिनिधिहरुको चाप छ ।’ रास्वपाले राष्ट्रिय भेलाको तयारीको लागि १५ वटा उपसमिति गठन गरेको थियो ।

सांगठनिक, संसदीय मुल्य मान्यता, लिडरसीप एकेडेमी, सातै प्रदेशका सभापतिको प्रतिवेदन लगायत पेश हुने उनले जानकारी दिए । राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले प्रस्तुत गर्नेछन् ।

साथै उनले करिब ४ सय पालिका र २ हजार वडामा पार्टीको संरचना समेत बनिसकेको बताए । राष्ट्रिय भेलाले महाधिवेशनको मितिले पनि घोषणा गर्ने रास्वपाले जानकारी गराएको छ । राष्ट्रिय भेलाबाट अभियानहरु घोषणा गरिने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस