काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठकका विषयमा देउवा र प्रचण्डसँग परामर्श गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच अहिले छलफल भइरहेको छ ।
आज बिहान करिब साढे १० बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । ओली र प्रचण्डबीच आधा घण्टा छलफल भइसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका सचिवालयले जनाएको छ ।
उपसभामुख इन्दिरा रानामगर प्रकरणसहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु भेला भएको बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयलेले संवैधानिक परिषद बैठक अगाडि तीन नेताबीच समझदारी जुटाउन प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेको जनाएको छ ।