काठमाडौं, २६ भदौ । राष्ट्रिय सभाका दुईवटा विषयगत समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । राष्ट्रियसभा संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय सभाको विधान व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिका लागि भदौ ३१ गते निर्वाचन गर्ने गरी कार्य तालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार भदौ ३० गते बिहान साढे १० बजे देखि साढे १२ बजेसम्म प्रस्ताव दर्ता गर्ने, सोही दिन दिउसो १ बजे प्रस्ताव सूची दर्ता गर्ने र भदौ ३१ गते दिउसो १ बजे सम्बन्धित समितिको बैठक कक्षमा प्रस्तावलाई निर्णयार्थ प्रस्ताव गरिनेछ ।
सत्ता पक्ष र प्रतिपक्षका सांसद बराबर देखिएका छन् । सत्तापक्ष काँग्रेस र एमालेका ७ जना सांसद रहेका छन् भने प्रतिपक्ष दल माओवादी र समाजवादीका पनि ७ जना सांसद रहेका छन् । तर, नेताहरूका अनुसार विधायन व्यवस्थापन समितिको सभापतिको नेतृत्व अब एकीकृत समाजवादीले नपाउने बताउँछन् । जसअनुसार उक्त समितिमा सत्तापक्षको प्रष्ट बहुमत देखिन्छ ।
१२ सदस्यीय सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने सत्तापक्ष र प्रतिपक्ष बराबर ६/६ जना छन् ।