काठमाडौं, २६ भदौ । संविधानसभा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसमा पार्टीले स्मृति सभा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो स्मृति सभा गर्न लागेको हो ।
स्मृतिसभालाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने अन्य शीर्ष नेताहरु पनि सहभागी हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए ।
गत भदौ २६ गते नेम्वाङको हृद्यघातका कारण मृत्यु भएको थियो ।