• अर्थ, ताजा समाचार, वाणिज्य

    ज्योति विकास बैंकका ग्राहकहरूलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरमा विशेष छुट

     137 Views
    ज्योति विकास बैंकका ग्राहकहरूलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरमा विशेष छुट

    काठमाडौं, २६ भदौ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित‘Shine Ikhadol Fitness & Recreation Center Pvt. Ltd’  मा बैंकका ग्राहकहरूलाई १० प्रतिशतको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

    यस सम्झौतापश्चात्, बैंकका ग्राहकहरूले ठुलो भर्‍याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको खानामा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

    स्विमिङ पुलसहितको फिटनेस तथा रिक्रिएसन सेन्टरमा पौडी सम्बन्धी तालिमहरुको पनि व्यवस्था रहेको छ । बैंकले यसअघि ललितपुरस्थित ‘मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर’सँग सम्झौता गरेर आफ्ना ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था गराएको थियो ।

    यस्तै काठमाडौंस्थित प्रख्यात ट्रिंक्विलिटी स्पामा पनि उक्त बैंकका ग्राहकलाई ३० प्रतिशतसम्मको छुट पाउने सम्झौता भइसकेको छ । यसवाहेक बैंकले ‘जस्मिन फटनेस क्लब न्ड स्पा’मा पनि सम्झौता गरी ग्राहकलाई छुटको व्यवस्था गरेको छ ।

    ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment