संवैधानिक परिषद्मा बहुमत पुर्‍याउन उपसभामुखलाई हटाउन खोजियो : रास्वपा

अनलाइनसमय |
२५ भदौ २०८१
संवैधानिक परिषद्मा बहुमत  पुर्‍याउन उपसभामुखलाई हटाउन खोजियो : रास्वपा

काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुग्दैन भन्ने नाममा उपसभामुखलाई हटाउन खोजिनु अलोकतान्त्रीक भएको बताए ।

उपसभामुखलाई हटाउने कुरा लोकन्त्रका लागि मान्य नहुने उनले चेतावनी दिए । उनले भने, ‘आज सम्मानित पदलाई परिषदलाई आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका र आफूलाई लोकतन्त्रको मसिहा भन्ने पार्टीहरु गुपचुप सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ । स्मरण रहोस् राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाउला तर लोकतन्त्रका लागि सधैं लड्नेछ, जनताको पक्षमा लड्नेछ ।’

लोकतन्त्रमाथि धावा नबोल्न सत्तारुढ दलहरूलाई चेतावनी दिदै उनले गर्दै आज सहज भएपनि भोलि आफैंलाई अफ्ठ्यारोमा पर्नसक्ने भएकाले सचेत रहन आग्रह गरे । लोकतन्त्रलाई सल्लाह गरेर मार्न खाजे जनता प्रतिवादमा सडकमा आउने उनले चेतावनी दिए ।
‘एक वर्ष तपाईंले जित्नुहोला, दुई वर्ष तपाईंले जित्नुहोला । स्मरण रहोस् तपाईंहरूले आफैले खनेको खाल्डोमा आफैँ पर्नुहुनेछ । यो पनि लेखेर राख्नुस्,परियारले भने ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखले पद अनुकुलको आचरण नगरेको भनेर प्रश्न उठेको बताएका थिए । राज्य व्यवस्था समितिमा समेत यो विषयमा उजुरी रहेको उल्लेख गर्दै सत्तारुढ दलहरूले हटाउने तयारी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस