बागमती प्रदेशसभाको बैठक साउन ६ गतेका लागि आह्वान

अनलाइनसमय |
२ साउन २०८१
बागमती प्रदेशसभाको बैठक साउन ६ गतेका लागि आह्वान

काडमाडौं, २ साउन । बागमती प्रदेशसभाको बैठक आगामी साउन ६ गतेलाई आह्वान गरिएको छ । बागमतीका प्रदेशका सभामुख भुवनकुमार पाठकले साउन ६ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने भएकाले बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

साथै सभामुख पाठकले बागमती प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठक ५ साउन शनिबार दिउँसो ३ बजेका लागि राखेका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार हुने प्रदेश सभा बैठकको कार्यसूची तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस