काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार विश्वासको मत लिने भएका छन् । सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले आइतबार संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिए ।
ओली गत आइतबार संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ‘संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ ।
यसैगरी एमालेले सत्तापक्षको मूख्य सचेतकमा महेश बर्ताैलालाई नियुक्त गरेको छ । प्रधानमन्त्री ओलीले बुधबार पत्र थमाउँदै बर्ताैलालाई उक्त जिम्मेवारी दिएका हुन् । बर्ताैलाले अब संसदमा एमालेसहित कांग्रेस, जसपाको समेत मूख्य सचेतकका रुपमा भूमिका खेल्नेछन् ।