नवनियुक्त अर्थमन्त्री पौडेलको पहिलो निर्णय: वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत

अनलाइनसमय |
३२ असार २०८१
नवनियुक्त अर्थमन्त्री पौडेलको पहिलो निर्णय: वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत

काठमाडौं, ३१ असार । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् ।
अर्थमन्त्री पौडेलले सोमबार कार्यभार सम्हाल्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् ।

विकास वित्तको विकल्पका रुपमा उक्त निर्णय गरिएको मन्त्री पौडेलले बताए । सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै उनले अनुकुल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताए ।

ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस