• ताजा समाचार, स्वास्थ्य/जीवनशैली

    राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय

     132 Views
    राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय

    काठमाडौं, ३१ असार । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेसँगै क्यासर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन् । मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति ( २०२४–२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका हुन् ।

    स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नेपालमा क्यान्सर रोगका बिरामी दिन प्रतिदिन बढिरहेको भन्दै त्यसको निवारणका लागि रणनीति बनाउन आवश्यक रहेको मन्त्रीसमक्ष ‘ब्रिफिङ’ गरेका थिए ।

    पदभार ग्रहण गरेर सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरुपता ल्याउने गरी प्रणालीको विकास गरिने जानकारी दिए । यस्तै स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने र सबैलाई समेट्ने योजना ल्याउने उनले निर्णय गरे ।

    काठमाडौं क्षेत्र नम्बर ५ बाट पदमा निर्वाचित पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका हुन् ।

    यसमा तपाइको मत

    Facebook Comment