यस्तो छ २२ सदस्यीय मन्त्रिपरिषद, कसलाई कुन मन्त्रालय (सूचीसहित)

अनलाइनसमय |
३२ असार २०८१
यस्तो छ २२ सदस्यीय मन्त्रिपरिषद, कसलाई कुन मन्त्रालय (सूचीसहित)

काठमाडौं, ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथग्रहण गरेलगत्तै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

मन्त्रिपरिषद्को २२ औं वरीयताका मन्त्री कांग्रेसका ऐनबहादुर शाही बनेका छन् । उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । ओलीपछि दोस्रो वरीयतामा कांग्रेसका प्रकाशमान सिंह भएका छन् । उनी उपप्रधानमन्त्रीसहित शहरी विकासमन्त्री बनेका छन् ।

मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।

यी हुन् २१ मन्त्री:

कांग्रेसबाट
प्रकाशमान सिंह – उपप्रधानमन्त्री, शहरी विकास
रमेश लेखक – गृह मन्त्रालय
डा. आरजु राणा – परराष्ट्र
तेजुलाल चौधरी – युवा तथा खेलकुद
अजयकुमार चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
दीपक खड्का – ऊर्जा
ऐनबहादुर शाही – वन तथा वातावरण
प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
बद्रीप्रशाद पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी

एमालेबाट
विष्णु पौडेल – उपप्रधानमन्त्री, अर्थ
पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
मानवीर राई – रक्षा

जसपाबाट
प्रदीप यादव – खानेपानी
नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

लोसपाबाट
शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस