काठमाडौं, ३१ असार । काठमाडौं, ३१ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने भएको छ ।
सोमबार बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाले २ मन्त्रालय लिने सहमति भएको छ । उक्त सहमतिअनुसार खानेपानी मन्त्रीमा यादवलाई पठाउने निर्णय भएको छ । यस्तै सुडी बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने छन् ।