सिमलताल पहिरोमा परेर त्रिशूलीमा बेपत्ता यात्रुको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन

अनलाइनसमय |
३१ असार २०८१
सिमलताल पहिरोमा परेर त्रिशूलीमा बेपत्ता यात्रुको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ३० असार । कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिमलतालमा भएको सडक दुर्घटनाका बेपत्ताको खोजी तीव्र पार्न निर्देशन दिएका छन् ।

आइतबार बिहान तीनवटा सुरक्षा अंगका प्रमुखसँग निजी निवास खुमलटारमा भेटेर सिमलताल बस दुर्घटना पछिको खोजी कार्यको जानकारी लिनुका साथै सबै उपायहरूको अवलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्ति तथा दुर्घटनाको उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका थिए।

उक्त अवसरमा उनले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका थिए ।

देशको राजनीतिक परिस्थिति जस्तो भए पनि स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्न जनताको सेवामा लागि पर्न प्रचण्डले आग्रहसमेत गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस