चार मन्त्री माग गर्ने शेखर–गगन समूहको निर्णय

अनलाइनसमय |
३१ असार २०८१
चार मन्त्री माग गर्ने शेखर–गगन समूहको निर्णय

काठमाडौं, ३० असार । नेपाली कांग्रेसको डा.शेखर कोइराला–गगन थापा समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ ।

विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।

समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस