एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने

अनलाइनसमय |
२० असार २०८१
एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने

काठमाडौं, १९ असार । नेकपा एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलले भने, ‘संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो । किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन’ ‘तर प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौं । हाम्रा मन्त्रीहरु फर्कनु हुन्छ ।’

दिउँसो ३ बजेपछि एमालेले मन्त्री फिर्ता बोलाउने र समर्थन फिर्ता गरेको निर्णय गराउने एमालेले जनाएको छ । सरकारमा एमालेका ८ जना मन्त्री छन् ।

गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । एमालेले कांग्रेसबीचको सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् भने दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस