काठमाडौं, १८ असार । नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा एमालेको सचिवालय बैठक बसिरहेको छ ।
बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।
सोमबार मध्यरात मुलुकका दुई ठूला दल कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका सहमति पत्रमा हस्ताक्षर भएको थियो । तर, उक्त पत्र सार्वजनिक भएको छैन ।