काठमाडौं, १७ असार । यस साताको कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसुचक १६ दशमलव २९ अङ्कले घटेर २ हजार ५३ दशमलव ३८ को विन्दुमा बन्द भएको छ । आइतबार नेप्से परिसुचक १४ दशमलव ८३ अङ्कले घटेको थियो ।
सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । आज ७१ लख ६५ जार ७३५ कित्ता शेयर ४४ हजार १ सय ६९ पटक किनबेच हुँदा कुल २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयाँको कारोबार भएको छ । आइतबार ३ अर्ब ६० करोड भन्दा बढीको कारोबार भएको थियो ।
आज ३२३ धितोपत्रको कारोबार हुँदा १७६ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ६० धितोपत्रको मूल्य घटेको छ भने ६ वटा धितोपत्रको मूल्य स्थिर छ ।
सोमबार कारोबार भएका १३ समूहको उपसूचकमध्ये फाइनान्स र उत्पादनमुलक समूहको बाहेक सबै समूहको उपसूचक बढेको छ । आज बैंकीङ समूहको उपसूचकमा सर्वाधिक वृद्धि भएको छ । नेप्सेका अनुसार आज बैंकीङ समूहको उपसूचक २ दशमलव ०४ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंकका १.३१, होटल एन्ड टुरिजमको ०.८०, हाइड्रोपावरको ०.५९, जीवन बीमाको ०.५३, म्युचुअल फन्डको ०.५१, निर्जीवन बीमाको ०.४९, लगानी समूहको ०.१०, माइक्रोफाइनान्सको ०.३२, व्यापार समूहको ०.१५ र अन्य सिमूहको उपसूचक ०.२० प्रतिशतले बढेको छ ।
आज फाइनान्सको ०.८३ र उत्पादनमूलक समूहको ०.२१ प्रतिशतले शेयर मूल्य घटेको छ ।
सोमबार कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी हिमालय उर्जा विकास कम्पनी लिमिटेडको ९.७० प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै जोर्डी खोला जलविद्येत कम्पनीको ८.४७, कर्पाेरेट डिभलपमेन्ट बैंकको ७.५२, हिमालयन बैंक लिमिटेड बोन्ड २०८६ को ७.४८ र १०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९ को ७.०७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै मैलुङ खोला जलविद्युतको ८.४४, स्वाभिमान वित्तीय संस्थाको ३.९७ र कुमारी सबल योजनाको ३.६० प्रतिशतले शेयर मूल्य घटेको छ ।