सबै प्रकारका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य

अनलाइनसमय |
१५ असार २०८१
सबै प्रकारका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं, १४ असार । नेपाल बीमा प्राधिकरणले सबै प्रकारको बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार इजाजत प्राप्त सबै बीमकहरुलाई परिपत्र जारी गर्दै सबै किसिमका बीमा कारोबारमा आगामी माघ १ गतेदेखि लागू हुने गरी राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले नयाँ बीमालेख, बीमालेखको नवीकरण, बीमालेख ऋण, बीमालेख समर्पण, बीमा दाबी भुक्तानीलगायत सबै किसिमका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न पनि निर्देशन दिएको छ । त्यस्तै प्राधिकरणले बीमा मध्यस्तकर्ताको दर्ता तथा नवीकरणका साथै सेवासुविधा भुक्तानीमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न भनेको छ ।

प्राधिकरणले राष्ट्रिय परिचयपत्रको कार्यान्वयनका लागि बीमकले आवश्यक प्रचारप्रसार,आन्तरिक कार्यविधि निर्माण, सम्बन्धित फाराम संशोधनलगायतका कार्य तत्काल गर्न भनेको छ। साथै नेपाल नागरिकताको प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्रको प्रमाणपत्र स्वीकार गर्न पनि निर्देशन दिएको छ ।

गृह मन्त्रालयले गत सोमबार राजपत्रमा सस्चना प्रकाशित गर्दै बैंक तथा वित्तीय सेवा प्रवाहमा माघ १ गतेदेखि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्न निर्देशन दिएको थियो ।

यस्तै माघ १ गतेदेखि बैंकिङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष स्वास्थ्य बीमा, निवृत्तीभरण, राजश्व व्यक्तीगत आयकर दर्ता, सवारी चालक अनुमतीपत्र, कम्पनी दर्ता तथा नविकरण सम्बन्धी सेवा र घरजग्गा किनबेचसम्बन्धी सेवाका लागि पनि राष्ट्रिय परिचपयत्र अनिवार्य गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस