काठमाडौं, १४ असार । सभामुख देवराज घिमिरेले अझै पनि नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको बताएका छन् । शुक्रबार मदन भण्डारी मेमोरियल कलेजको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सर्वसुलभ र व्यावहारिक बनाउन नसकेको भन्दै यसलाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताए ।
घिमिरेल शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने बताए । उनले भने, ‘शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवनउपयोगी बनाउने र अझै शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउन शिक्षाले समाजलाई परिवर्तन गर्ने दर्शन सिक्ने ठाउँको रुपबाट विकास गर्नुपर्छ । त्यो दर्शन मान्छेको जीवनमा, नेपाली समाजको जीवनमा लागू होस्।’
सभामुख घिमिरेले अहिलेको समयानुसारको पाठ्यक्रमहरु निर्माण गरी दक्ष शिक्षकहरुबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने बताए । उनले शिक्षालाई सर्वसुलभ बनाई, शिक्षा जीवनउपयोगी बनाउने र शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउनका लागि हो भन्ने हिसाबबाट अघि बढ्न जरुरी रहेको बताए ।
साथै उनले विचारबाट समाजलाई परिवर्तन गर्ने वैज्ञानिक शिक्षा विद्यार्थीहरुलाई सिकाउन आवश्यक रहेको बताए ।