एसईई: उत्कृष्ट नतिजा बागमती प्रदेशमा, अन्यको कस्तो ?

अनलाइनसमय |
१४ असार २०८१
एसईई: उत्कृष्ट नतिजा बागमती प्रदेशमा, अन्यको कस्तो ?

काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । बोर्डद्वारा सार्वजनिक विवरणअनुसार सबैभन्दा राम्रो बागमती प्रदेशको नतिजा आएको छ ।

बोर्डका अनुसार यसपटकको एसईई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८७२ जना सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जनाले ननग्रेड (एनजी) पाएका छन् । यस प्रदेशमा सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या १५ हजार ७६६ रहेको छ । ३.६० देखि ४.०० जीपीए ३१ हजार २०९ जनाले ल्याएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट एसईईमा ८० हजार ३२७ जना सहभागी भएका थिए, त्यसमध्ये ४९ हजार २२४ जना ननग्रेड (एनजी) पाएका छन् । यस प्रदेशमा सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार १५ जना रहेको छ । ६ हजार २१८ जना विद्यार्थीले ३.२० देखि ३.६० सम्म ल्याएका छन् भने २.८ं देखि ३.२० सम्ममा ११ हजार ७२ जना विद्यार्थि उतिर्ण भएका छन् ।

मधेश प्रदेशमा ७९ हजार ५९२ जना सहभागी थिए, त्यसमध्ये ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) पाएका छन् । यस प्रदेशमा सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ३ हजार ९५७ रहेको छ । ३.२० देखि ३.६० जीपीए १२ हजार ४९३ जना विद्यार्थीले ल्याएका छन् । मधेशमा उतिर्ण विद्यार्थीमध्ये सबैभन्दा धेरै २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थी छन् । त्यहाँ २.८० देखि ३.२० जीपीए १३ हजार ८१९ जनाले ल्याएका छन् ।

कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी भएका थिए, जसमध्ये ३९ हजार ८९५ जना विद्यार्थीले ननग्रेड (एनजी) पाएका छन् । यस प्रदेशमा सबैभन्दा धेरै २.८० देखि ३.२० जीपीए ल्याएर विद्यार्थी उतिर्ण भएका छन् । २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थी १३ हजार ५१० रहेका छन् । त्यस्तै ३ हजार ९६९ विद्यार्थीले ३.६० देखि ४.०० जीपीए ल्याएका छन् भने ११ हजार ५८५ जनाले ३.२० देखि ३.६० जीपीए ल्याएका छन् ।

बोर्डका अनुसार गण्डकी प्रदेशमा ४० हजार ५२६ जना सहभागी भएका थिए, त्यसमध्ये २० हजार २७५ जना अनुत्तीर्ण भएका छन् । यस प्रदेशमा सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या २ हजार ९६९ रहेको छ । ३.२० देखि ३.६० जीपीए ६ हजार २१८ विद्यार्थीले ल्याएका छन् । मधेशमा उतिर्ण विद्यार्थीमध्ये सबैभन्दा धेरै ७ हजार ४६५ विद्यार्थीले २.८० देखि ३.२० जीपीए ल्याएर उतिर्ण भएका छन् ।

कर्णाली प्रदेशबाट एसईई परीक्षामा ३५ हजार ३४ जना सहभागी थिए, त्यसमध्ये एनजी २० हजार ३८० जना विद्यार्थीले एनजी पाएका छन् । यस प्रदेशबाट ४ सय ४१ जना विद्यार्थीले मात्रै ३.६० देखि ४.०० जीपीए ल्याएका छन् ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै विद्यार्थी अनुतिर्ण भएका छन् । बोर्डका अनुसार यस प्रदेशमा ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४१० जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । प्रदेशमा ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ७ सय ९० रहेको छ ।

चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ४७.८६ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन् । त्यस्तै १८६ जनाले ४ जीपीए ल्याएका छन् भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।

see3

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस