• खेलकुद, ताजा समाचार

    टी–२० विश्वकप: बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

     67 Views
    टी–२० विश्वकप: बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

    काठमाडौं, ११ असार । टी–२० विश्वकप २०२४ को सुपर–८ मा बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो । अफानिस्तान सेमिफाइनल पुगेसँगै अष्ट्रेलिया सुपर–८ बाटै बाहिरिएको छ ।

    अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्नेछ ।

    बंगलादेशका ओपनर लिटन दासले ५० रन बनाए । त्यस्तै तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाए । अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४÷४ र फजलहक फारुकी र गुलबदिन नाबी एक÷एक विकेट लिए ।

    यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

    अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोडे ।
    बंगलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एक÷एक विकेट लिए ।

    यो खेलसँगै सेमिफाइनलको समीकरण पूरा भएको छ । सुपर–८ को समूह १ बाट इन्डिया शीर्ष स्थान र अफगानिस्तान दोस्रो हुँदै सेमिफाइनल पुगेका छन् भने । समूह २ बाट साउथ अफ्रिका शीर्ष स्थानमा रहँदा इंग्ल्याण्ड दोस्रो भएर सेमीफाइनलमा पुगेको छ ।

    यसमा तपाइको मत

    Facebook Comment