• विश्व

    अमेरिकी विश्वविद्यालयबाट ग्र्याजुएट गर्ने विदेशी विद्यार्थीहरुलाई ग्रिनकार्ड दिनुपर्छ: ट्रम्प

     77 Views
    अमेरिकी विश्वविद्यालयबाट ग्र्याजुएट गर्ने विदेशी विद्यार्थीहरुलाई ग्रिनकार्ड दिनुपर्छ: ट्रम्प

    काठमाडौं, ९ असार । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी विश्वविद्यालयबाट ग्र्याजुएट गर्ने विदेशी विद्यार्थीहरुलाई स्वतःग्रिनकार्ड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी राष्ट्रपति निर्वाचनका उम्मेदवार ट्रम्पले अमेरिकामा पढाइ सकेर चीन तथा भारत जस्ता देशमा फिर्ता हुनबाट रोक्नका लागि उनले स्वतः ग्रिनकार्ड दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

    एक पोडकास्टमा उनले भनेका छन्, “मैले गर्न चाहेको र मैले भविष्यमा गर्ने काम भनेको जब तपाइँले कलेजबाट ग्र्याजुएट गर्नुभयो भने मलाई लाग्छ तपाइँलाई ग्रिनकार्ड दिनुपर्छ । यसलाई तपाइँको डिप्लोमा कोर्सकै रुपमा यो उपलब्ध गराउनुपर्छ । यो ग्रिनकार्डले यो देशमा बस्नका लागि योग्य भइनेछ ।”

    ट्रम्पले अमेरिकाले उच्च दक्ष विद्यार्थीहरूलाई यहाँ रोक्ने प्रयास गर्नुपर्ने बताए । यस योजनाबाट देशले फाइदा लिनसक्ने उनको भनाइ छ । ट्रम्पले अमेरिकाबाट ग्रेजुएट भएका तर, ग्रीन कार्ड नभएका कारण यहाँ बस्न नसकेको धेरै मानिस स्वदेश फर्किने गरेको बताए ।

    तर, आप्रवासी मुद्दामा ट्रम्पको कडा अडान छ । यसअघिको निर्वाचनअघि भने ट्रम्पले ‘आप्रवासीहरुले अमेरिकाको रगतलाई विशाक्त बनाइरहेको’ आरोप लगाएका थिए । र यदि आफूले चुनाव जितेमा ठूलो संख्यामा आप्रवासीहरुलाई उनीहरुकै देश फिर्ता गर्ने घोषणा गरेका थिए । यस्तो अवस्थामा उनको भनाइलाई राष्ट्रपति बाइडेनको नयाँ नागरिकता नीतिको कट्टरपन्थी मानिएको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment