काठमाडौं, ९ असार । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन आगामी साउनभित्र गर्ने सहमति भएको छ ।
असार ७ र ८ गतेलाई तोकिएको दोस्रो पटकको चुनाव प्रतिनिधि छनोट विवादका कारण स्थगित भएको थियो ।
चुनाव स्थगित भएपछि शनिबार निर्वाचन समिति र आन्दोलनरत पक्षबीच छलफल भएको थियो । उक्त छलफललले असारभित्र प्रतिनिधि छनोटको विवाद टुंग्याउने र साउनभित्र चुनाव गर्ने सहमति गरेको हो ।
शनिबार आन्दोलनरत प्राध्यापक तथा निर्वाचन समितिबीच भएको वार्तामा प्रतिनिधि छनोटमा विवाद भएका विश्वविद्यालय क्याम्पस कीर्तिपुर, त्रिचन्द्र लगायतको क्याम्पसमा विधान अनुसार प्रक्रिया पु¥याएर प्रतिनिधि पठाउन लगाउनेसहमति भएको छ । त्यस्तै अन्य इकाइहरुको प्रतिनिधि छनोट पनि विधान अनुसार भएको वा नभएको हेर्ने र विवादित देखिए त्रिवि प्राध्यापक संघ केन्द्रीय समिति र निर्वाचन समितिले विधान अनुसार टुंगो लगाउने सहमति भएको छ ।
९ मंसिर २०८० मा पनि प्रतिनिधि छनोटलाई लिएर विवाद भएपछि चुनाव स्थगित गरिएको थियो ।