विजय लघुवित्तको १५ औं वार्षिक साधारण सभा आह्वान

अनलाइनसमय |
१० असार २०८१
विजय लघुवित्तको १५ औं वार्षिक साधारण सभा आह्वान

काठमाडौं, ९ असार । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ३० गते आइतबारका दिन धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर सम्बन्धित नियकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै उक्त सभाले गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट ४ जना र सर्वसाधारण समूह ‘ख’ बाट २ जना सञ्चालक नियक्त गर्ने र संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असार १७ देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा असार १६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

कम्पनीले यस अघि नै गत आर्थिक वर्षको वितरणयोग्य मुनाफबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस