लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा डा. आचार्य तेस्रोपटक नियुक्त

अनलाइनसमय |
१ असार २०८१
लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा डा. आचार्य तेस्रोपटक नियुक्त

काठमाडौं, ३२ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।

विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिष्पर्धा गराएको थियो । खुला प्रतिष्पर्धा गर्दा पहिलो नम्बरमा रहेका आचार्यलाई उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेका थिए ।

प्रधानमन्त्री दाहालले आचार्यलाई शुक्रबार विहान नियुक्तिपत्र प्रदान गरेका हुन् । प्रधानमन्त्री दाहालले बुधबार रजिष्ट्रार नियुक्तिको निर्णय गरेको बताइएको छ । रजिष्ट्रार नियुक्त भएका आचार्यले यसअघि दुई कार्यकाल लुम्बिनी बौद्ध विश्वविद्यालयकै रजिष्ट्रार भई काम सकिसकेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई लुम्बिनीमा स्थापित गरी हालको अवस्थामा पु¥याउने काममा उनलाई रोलमोडलका रुपमा लिने गरिएको छ ।

ततेस्रो कार्यकालका लागि नियुक्त आचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाईमा पु¥याउने गरी काम गर्ने प्रतिवद्धता जनाए । विकास हुँदै गरेको विश्वविद्यालयका लागि अनुभवी पदाधिकारीको आवश्यक रहने भन्दै उनले आफूले विश्वविद्यालयलाई अझै उचाईमा पु¥याउने बताए । ‘उपकुलपतिज्यूले र मैले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाईमा पु¥याउने अठोटसहित केही योजना अगाडि बढाएका छौं, ती योजनाहरु कार्यान्वयन प्राथमिकतामा रहनेछ, उनले भने ।

देवदहमा नयाँ परियोजना शुरु गरिएको भन्दै शैक्षिक कार्यक्रमको विस्तार र भौतिक पूर्वाधारका योजनालाई संगसंगै लगिने उनले बताए । उनले तेस्रो कार्यकालका लागि आफूलाई विश्वास गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् ।

रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा विश्वविद्यालयले खुला प्रतिष्पर्धा गराएको थियो । प्रतिष्पर्धी ९ जनामध्ये आचार्य पहिलो नम्बरमा रहेका थिए । रजिष्ट्रार छनौटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेश पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.उपेन्द्र कोइराला र विद्वान प्रा।डा। पुष्कर बज्राचार्य सदस्य रहेको समिति बनाइएको थियो । सोही समितिले सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस