प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घन्टा सोचेर बस्दिनः माधव नेपाल

अनलाइनसमय |
३० जेठ २०८१
प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घन्टा सोचेर बस्दिनः माधव नेपाल

काठमाडौं, ३० जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्रीका लागि २४ घण्टा सोचेर नबस्ने बताएका छन् । बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको जिकिर गरे ।

उनले भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने हो । त्यसकारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घन्टा त्यसमा सोच्दिनँ ।’

नेपालले यसअघि पनि आफू रहरले नभई परिस्थितिले प्रधामन्त्री बनेको सुनाए । ‘प्रधानमन्त्री मैले मागेको होइन, परिस्थितिले मेरो माग ग¥यो । गिरिजाप्रसाद कोइरालाजीले मलाई अफर गर्नुभयो, नेपाली कांग्रेसले अफर ग¥यो अनिमात्रै बनेको हो’, उनले भने ।

नेपालले प्रतिगमनकारी शक्तिहरूले टाउको उठाउन खोजे पनि संविधान कसैले उल्ट्याउन नसक्ने बताए । उनले भने, ’अहिले पनि प्रतिगमनकारी शक्तिहरू छन् । परिवर्तन उल्ट्याउने सोच बनाइरहेका छन् । परिवर्तनबाट नेपाली समाज पछाडि जान सक्दैन । संविधान संशोधन गर्नुपर्नेछ भने गरौँ तर यसलाई उल्ट्याउने कुरा कल्पना पनि नगरे हुन्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस