२१ सयको विन्दुमा नेप्से, सबै समूहको उपसूचक बढ्यो-साढे ५ अर्बभन्दा बढीको कारोबार

अनलाइनसमय |
२९ जेठ २०८१
२१ सयको विन्दुमा नेप्से, सबै समूहको उपसूचक बढ्यो-साढे ५ अर्बभन्दा बढीको कारोबार

काठमाडौं, २९ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ दशमलव १५ अङ्कले बढेर २१ सय १५ दशमलव २४ को विन्दुमा बन्द भएको छ ।

आज साढे ५ अर्बभन्दा बढी कारोबार भएको छ । १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक किनबेहुँदा कुल ५ अर्ब ५५ करोड ५३ लाख ६१ ह्जार ७३९ रुपैयाँ कारोबार भएको छ । त्यस्तै ३११ धितोपत्रको कारोबार हुँदा २०३ धितोपत्रको मूल्य बठेको छ । त्यस्तै ४ धितोपत्रको मूल्य बढेकोे छ भने २ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ वटै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक २ दशमलव ५८ प्रतिशतले बढेको छ । त्यस्तै जीवन बीमाको २.४०, फाइनान्सको २.१६, व्यापार समूहको २.१२ बैंकिङ समूहको १.७३, विकास बैंकको १.४२, लगानी समूहको १.०९, माइक्रोफाइनान्सको १.०५, होटल एन्ड टुरिजमको ०.५९, म्युचुअल फन्डको ०.५०, उत्पादनमुलकको ०.४० र अन्य समूहको उपसूचक ०.५० प्रतिशतले बढेको छ ।

मंगलबार चार कम्पनीको शेयर मूल्यम सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा बरुण हाइड्रोपावर, ग्रीन भन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डिभलपमेन्ट कम्पनी रहेका छन् । त्यस्तै अपर हेवाखोला हाइड्रोपावर कम्पनीको ९.९८, एनआरएन इन्फ्रक्ट्याचर एन्ड डिभलपमेन्टको ९.०८, मल्टी पर्पाेज फाइनान्स कम्पनीको ८.०९, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ७.२४ र कालिका पावर कम्पनीको ७.०४ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी साम्लिङ पावर कम्पनीको शेयर मूल्य ५.८१ प्रतिशतले बढेको छ । त्यस्तै कुमारी इक्यीटी फन्डको ४.९४, एनआइसी एसिया फ्लेक्सीको ३.३१, १०.२५, प्रतिशत माछापुर्छे बैंकको १.९७ र नेपाल रिपब्लिक मिडियाको १.९६ प्रतिशतले बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस