• ताजा समाचार, प्रदेश

    सुदूरपश्चिममा नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याइयो भने पारित हुन दिदैनौं: कांग्रेस

     75 Views
    सुदूरपश्चिममा नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याइयो भने पारित हुन दिदैनौं: कांग्रेस

    काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा कार्यक्रम अनुसारकै बजेट ल्याए पारित हुन नदिने बताएको छ । मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश नीति तथा कार्यक्रमअनुसारकै बजेट ल्याए प्रतिवाद गर्ने पारित गर्न नदिने बताए ।

    उनले प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गलत ढंगले आएको बताउँदै त्यसैलाई आधार बनाएर आउने बजेट स्वीकार्य नहुने बताए । उनले भने, ‘यो सरकारले पुराना महत्त्वपूर्ण विषय कटाएर नीति तथा कार्यक्रम ल्याएको छ । यसमा समेटिएका धेरै कुरा बजेटमा आउनु हुँदैन । ती विषय समेटेर बजेट ल्याइयो भने बजेट पारित हुन दिदैनौं ।’

    सरकारले बजेट ल्याएपछि अध्ययन गरेर मात्र विरोधका स्वरूप तय गरिने उनले उल्लेख गरेका छन् । प्रदेश सरकारले निर्माण गरिरहेको बजेटमा बिचौलियाको बिगबिगी रहेको सुनेकाले सरकारले यस्ता गतिविधि रोक्नुपर्ने उनको माग छ ।

    इस्तै उनले सरकारले संघीय अनुदान कम आएको र आर्थिक परिसुचक घट्दो अवस्थामा रहेका बेला बढी बजेट ल्याइरहेको सुनेकाले आर्थिक भार थप्न खोजेको दाबी गरे । सरकारले भागबन्डा मिलाउनकै लागि मन्त्रालय टुक्रायाउने तयारी गरेकाले त्यो कदमको कांग्रेसले विरोध गर्ने जनाए ।

    यसमा तपाइको मत

    Facebook Comment