• ताजा समाचार, प्रदेश

    गण्डकीमा देवकोटाको फ्लोर क्रस, मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

     101 Views
    गण्डकीमा देवकोटाको फ्लोर क्रस, मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

    काठमाडौं, २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत प¥यो भने विपक्षमा २८ मत परेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।

    माओवादीको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएसँगै उनले विस्वासको मत प्राप्त गरेका हुन् । पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिएका हुन् ।

    यसैगरी विपक्षमा एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यको मत परेको थियो ।

    देवकोटाले आफू माओवादीको संसदीय दलमा नरहेर नेसपाकै प्रदेशसभा सदस्यको हैसियतमा रहेको दाबी गर्दै आएका छन् । उनकै फ्लोर क्रसका कारण संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री नियुक्त भएका पाण्डेको पद जोगिएको छ ।

    देवकोटाले फ्लोर क्रस गरेपछि एमाले र माओवादीका सांसदले नाराबाजी समेत गरेका थिए ।

     

     

     

     

     

    यसमा तपाइको मत

    Facebook Comment